घोराहीमा कांग्रेसको जित, नेकपाकै उम्मेदवारलाई बागीले हराए

0

काठमाण्डौं – दाङको घोराही उपमहानगरपालिका १६ को वडा अध्यक्षमा नेपाली कांग्रेस जित हात पारेको छ। वडामा नेकपाका सुरेश बहादुर केसीलाई हराउँदै १२१८ मतका साथ विजयी बनेका हुन् । कांग्रेसका ताराबहादुर डिसीले १११७ मत प्राप्त गरेका छन् ।

निर्वाचनमा स्वतन्त्र उम्मेद्वार दर्ता गरेका नेकपाका बागी जगलाल चौधरीले ७२० मत ल्याएका थिए । त्यस्तै संघीय समाजवादीकी विमला पुनले ३१, राप्रपाका प्रकाश के।सी। ले १९, नेशनल मंगल ओर्गाइजेशनका पहलमान आलेले ३० र स्वतन्त्र उम्मेद्वार समीर वलीले २३ मत ल्याएका छन् ।

दाङ नेकपाका स्थायी समिती सदस्य तथा प्रदेश-५ का मुख्यमन्त्री शंकर पोखरेलको गृह जिल्ला समेत रहेको उक्त क्षेत्रमा नेकपाको लज्जास्पद हार भएको हो ।

यस्ताे छ, अन्तिम मत परिणाम :

ताराबहादुर डिसी (कांग्रेस)- 1218
सुरेशबहादुर केसी (नेकपा)- 1117
जगलाल चौधरी (स्वतन्त्र)- 720
विमला पुन (समाजवादी): 31
प्रकाश के.सी (राप्रपा): 19
पहलमान आले(नेशनल मंगोल): 30
समीर वली (स्वतन्त्र): 23

Leave A Reply

Your email address will not be published.