काठमाण्डौं – कास्की क्षेत्रनम्बर २ मा नेकपाको अग्रता रहेको छ । करिब ६ हजार मत गन्दा सम्म नेकपाले ३२७६ प्राप्त भएको छ। यसैगरी प्रतिपक्षी कांग्रेसले २११५ मत सहित पछ्याईरहेको छ । निर्वाचन क्षेत्रमा ४५ हजार ५ सय ६३ मत खसेको थियो।
उक्त क्षेत्रमा सत्तारुढ दल नेकपाबाट विद्या भट्टराई अधिकारी उम्मेदवार रहेकी छिन्। नेपाली कांग्रेसबाट खेमराज पौडेल र साझा पार्टीबाट रजनी केसी प्रतिस्पर्धा गर्दैछन्।
यसैगरी, विवेकशीलबाट जमुना शर्मा, समाजवादीबाट धर्मराज गुरुङ, देशभक्त समाजबाट वीरबहादुर विश्वकर्मा, नेपाली कांग्रेस बिपीबाट चन्द्रबहादुर रानाभाट, राष्ट्रिय जनमुक्ती पार्टीबाट पूर्णबहादुर राना, नेकपा मालेबाट टेकनाथ भण्डारी, मंगोल नेशनल अर्गानाइजेशनबाट रियाज गुरुङ, राप्रपा संयुक्त गंगा मल्ल, राप्रपा रोमबहादुर भण्डारी लगायतका उम्मेदवारहरु रहेको छ ।