भक्तपुरमा रफ्तारले अघि बढ्दै कांग्रेस, २४ सय मतान्तरले अगाडि

0

काठमाण्डौं – भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ ‘क’ को प्रदेशसभाको मतगणनामा कांग्रेस रफ्तारले अघि बढिरहेको छ । प्रदेशसभा सदस्यको अहिलेसम्मको मतगणनाअनुसार नेपाली कांग्रेसका कृष्णलाल भडेल २४ सय बढी मतान्तरले अगाडि रहेका छन् ।

चाँगुनारायण नगरपालिकाका १, २, ३, ४, ५, ६ र ७ नम्बर वडाको मतगणना सकिँदा कांग्रेस उम्मेदवार कृष्णलाल भडेल २ हजार ४ सय ३६ मतअन्तर रहेको छ । केही समय पहिले २३ सय मतले अगाडी रहेको कांग्रेसले एक सयबढि मत थप्दै लिड गरिरहेको छ ।

हालसम्मको गणना अनुसार कांग्रेसका उम्मेदवार भडेलले १० हजार ३ सय ९५ र नेकपाका उम्मेदवार डीपी ढकालले ७ हजार ९ सय ५९ मत प्राप्त गरेका छन् ।

यसैगरी नेमकिपाका उम्मेदवार निरज लवजुले २ हजार २ सय ४७ मत पाएका छन् । यहाँ कूल मतदाता ४५ हजार १५ मध्ये ३२ हजार ३७ मत खसेको थियो ।

Leave A Reply

Your email address will not be published.