महाराष्ट्रकाे सरकार ढल्याे, चार दिनमै मुख्यमन्त्रीकाे राजीनामा

0

एजेन्सी – भारतको महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले पदबाट राजीनामा दिएका छन् ।

भारतको सर्वोच्च अदालतले मंगलबार महाराष्ट्र मामिलामा फैसला सुनाउँदै बुधबार साँझसम्म विधायकहरुको शपथ र सदनमा बहुमत सावित गर्न आदेश दिएको थियो ।

सर्वोच्चको आदेशपछि प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष अमित शाह र कार्यकारी अध्यक्ष जेपी नड्डाबीच बैठक बसेको थियो । उक्त बैठकको दुई घण्टाभित्र मुख्यमन्त्री देवेन्द्र फडणवीसले राजीनामाको घोषणा गरेका हुन् ।

आफूले बहुमत पुर्‍याउन नसक्ने अवस्था देखिएपछि उनले पदबाट राजिनामा दिएका हुन् । मंगलबार नै उपमुख्यमन्त्री अजित पवारले पनि राजीनामा दिएका थिए । पवारले राजिनामा दिएको एक घण्टाभित्र मुख्यमन्त्रीले समेत राजिनामा दिएका हुन् । मंगलबार दिउँसो पत्रकार सम्मेलनमार्फत फडणवीसले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका थिए ।

मुख्यमन्त्री फडणवीस र उपमुख्यमन्त्री पवारले चारदिन अघि मात्रै महाराष्ट्रका राज्यपाल भगतसिंह कोश्यारीको उपस्थितिमा गोपनीयताको सपथ लिएका थिए ।

केहीदिन अघि महाराष्ट्रमा सम्पन्न भएको विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) सबैभन्दा ठूलो दल बनेको थियो भने शिवसेना दोस्रो ठूलो दल बनेको थियो ।

तर भाजपा र शिवसेनाबीच भागबण्डा नमिल्दा सरकार बन्न सकेकाे थिएन। त्यसपछि शिवसेनाले कांग्रेस र राष्ट्रवादी कांग्रेससँग मिलेर सरकार बनाउन पहल गरेकाे गरिरहेकाे थियाे ।

साेही समयमा एनसीपीका अजित पवारसँग मिलेर भाजपाले अप्रत्यासित रुपमा सरकार बनाएकाे थियाे। तर चारदिनमै महाराष्ट्रकाे सरकार ढलेकाे छ ।

शिव सेना, कांग्रेस र राष्ट्रवादी कांग्रेसले महराष्ट्रमा सरकार बनाउने कोशिस गरिरहेका छन् ।

Leave A Reply

Your email address will not be published.