प्रधानमन्त्रीको स्वास्थ्यावस्था बुझ्न मन्त्री र सचिवहरु अस्पताल पुगे

0

काठमाण्डौं – महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिक्सको शल्यक्रिया गराएपछि चिकित्सकहरुको कडा निगरानीमा राखिएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’, अन्य मन्त्रीहरु, मुख्य सचिव र सचिवहरु अस्पताल पुगेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल तथा मुख्यसचिव लोकदर्शन रेग्मी केहीबेरअघि मात्र अस्पताल पुगेका हुन् । साथै सचिवहरु पनि प्रम ओलीको स्वास्थ्यावस्था बुझन् अस्पताल पुगेका छन् ।

झण्डै दुई घण्टापहिले मात्र अस्पतालले एक प्रेस विज्ञप्ति निकालेर प्रधानमन्त्री ओलीको ल्याप्रोटोमी र एपेन्डेकटोमी विधिबाट सघन उपचार गरिएको र स्वास्थ्यावस्था स्थिर रहेको जानकारी दिएपनि अवस्था बुझ्न पुगेका मन्त्रीहरुलाई भेट गर्न नदिइएको अस्पताल स्रोतले जनायो ।

शल्यक्रिया सफल भएपनि निरन्तर निगरानीका लागि सघन कक्षमै राखिएको थियो । तर अहिले भीआईभी क्याविनमा सारिएको जनाइएको छ ।

एपेन्डिक्सको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको अस्पतालले जनाएको छ । अहिले अस्पतालमा स्वास्थ्यावस्था बुझ्न आउनेहरुको संख्या बढ्ने क्रम जारी रहेको छ ।

शल्यक्रियाका बिरामी भएका कारण जनाउँदै बिरामीलाई अहिलेसम्म कसैलाई भेट्न दिएका छैनन् ।

Leave A Reply

Your email address will not be published.