ओलीको उग्र राष्ट्रवाद लुलो राष्ट्रवादमा बद्लियाे: कांग्रेस

0

काठमाण्डौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मामाथि पुनः शब्दवाण प्रहार गरेको छ ।

लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारतले अतिक्रमण गरेको विषयमा अभैm प्रधानमन्त्री ओलीले ठोस कदम नचालेको जनाउँदै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार प्रेस विज्ञप्ति जारी गरेर यस्तो वाण प्रहार गरेका हुन् ।

प्रवक्ता शर्माले जारी विज्ञप्तिमा लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अभिभाज्य भूमि भएको पुनः दोहोर्याएका छन् ।
साथै कालापानीबाट भारतीय सेना तत्काल हटाउन भारतसँग कांग्रेस पटकपटक गर्दै आएको दाबी गर्दै यसबारे सरकारले कूटनैतिक पहल गर्न नसकेको उल्लेख गर्दै प्रशासकले लिपुलेक, लिम्पियाधुरा र कालापानीमाथिको भारतीय अतिक्रमणविरुद्ध खुट्टा कमाएको प्रष्ट पारेका छन् ।

राष्ट्रियताको विषयमा अभूतपूर्व एकता निर्माण भइसक्दा समेत सरकार सीमा अतिक्रमण विषयलाई विषायन्तर गर्न खोजेर दुःखद् अवस्था बनाइराखेको आरोप विज्ञप्तिमा लगाइएको छ ।

‘सबै दल र सम्पूर्ण नेपालीको साथ रहँदा पनि गम्भीर पहलकदमी नहुनु दुःखद त छ नै प्रश्न पनि उब्जिएको छ हिजोको राष्ट्रवादको उग्र भाव कृत्रिम थियो आज के प्राकृतिक स्वरुपमा लुलो राष्ट्रवाद प्रकट भएको हो ?’ जारी विज्ञप्तिमा उल्लेख छ ।

यसै हप्ता मात्र कांग्रेसका सभापति शेरबहादुर देउवाले कास्की–२ को उपचुनाव कार्यक्रममा मतदातालाई सम्बोधन गर्दै लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर भारतले निकालेको नक्सामा प्रधानमन्त्री ओलीकै संलग्नता रहेको सगिन आरोप लगाएका थिए । देउवाले ओलीको विगतका राष्ट्रवाद लिपुलेक र कालापानीमा सम्पसारवादमा बद्लिएको बताएका थिए ।

हेर्नुस् विज्ञिप्तकाे पूर्णपाठ

Leave A Reply

Your email address will not be published.