१३ वर्षकी गर्भवती बालिकामाथि ६ जनाद्वारा सामूहिक बलात्कार

0

छतबाट हाम फालेर आत्महत्या

एजेन्सी – ६ जनाले बन्धक बनाएर सामूहिक बलात्कार गरेपछि एक १३ वर्षीया बालिकाले छतबाट हाम फालेर आत्महत्या गरेकी छन् । यो घटना थाईल्याण्डको राजधानी बैंककको हो ।

मिडिया रिपोर्टका अनुसार छतबाट हाम फाल्नुअघि ती बालिकाले आफ्ना एक साथीलाई म्यासेज पठाएकी थिइन्, जसमा लेखिएको थियो ‘म जानेबाली छु, म तिमीसँग प्रेम गर्छु ।’ बालिका एक महिनाअघि गर्भवती भएकी थिइन् ।

स्थानीय सञ्चार माध्यमका अनुसार बालिकाले आफ्नो सामाजिक सञ्जालमा पनि थुप्रै कुरा लेखेकी थिइन् । ‘यदि म प्रेग्नेन्ट थिइनँ भने मैले पहिले नै यो फैसला गरिसकेकी हुन्थे’, उनले सामाजिक सञ्जालमा लेखेकी थिइन् ।

मृत बालिकाकी आमाले सामूहिक बलात्कारको घटनाबारे प्रहरीलाई जानकारी दिएकी थिइन् । प्रहरीले घटनामा संलग्न मध्ये दुईजनालाई पक्राउ गरिसकेको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.