नेपाली कांग्रेसले आज ‘विशेष’ पत्रकार सम्मलेन गर्दै

0

काठमाण्डौं – संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबार दिउँसाे पत्रकार सम्मेलन गर्दैछ ।

पत्रकार सम्मेलनको विषयबारे जानकारी दिइएको छैन । तर समसामयिक विषयलाई लिएर पार्टीको धारणा सार्वनिक पार्टीले मंगलबार दिउँसो २ बजे पत्रकार सम्मेलन गर्न लागिएको कार्यालय स्रोतले जनायो ।

पत्रकार सम्मेलन ललितपुरको सानेपस्थित बीपीनगरमा पार्टीको केन्द्रीय कार्यालयमा हुने कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

नेपाली कांग्रेस पछिल्लो चरणमा भारतले नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई अतिक्रमण गरी आफ्नो नयाँ नक्सामा समावेश गरेपछि पार्टी र सम्पूर्ण भातृ संगठनहरु आन्दोलित छन् ।

भूभाग फिर्ता गराउनेबारे सरकार कमजोर अवस्थाबाट प्रस्तुत भइरहेको भन्दै उसले सरकारले कडा आलोचना गर्दै सीमा विवादलाई अन्तर्राष्ट्रियकरण गनुपर्ने धारणा राख्दै आइरहेको छ

Leave A Reply

Your email address will not be published.