प्रकाश दाहाल निधनकाे दुई वर्ष, स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम

0

काठमाण्डौं – प्रकाश दाहालको निधनकाे दोस्रो वर्षमा मंगलबार स्मृति कार्यक्रम आयोजना गरी सम्झना गरिएको छ ।

दाहालको २०७४ मंसिर ३ गते हृदयघातबाट निधन भएको थियो । दाहाल पूर्वप्रधानमन्त्री एवं सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का एकमात्र पुत्र थिए ।

स्मृतिमा अध्यक्ष प्रचण्डले आफ्नो निवास ललितपुरको खुमलटारमा मंगलबार एक कार्यक्रम आयोजना गरी प्रकाशको तस्बीरमा माला र पुष्पगुच्छा अर्पण गरेका छन् । कार्यक्रममा परिवारका सदस्य तथा आफन्तहरुको उपस्थित थियो ।

प्रकाशको स्मृतिमा मंगलबार दिदी रेणु दाहाल र गंगा दाहालले फेसबुक पेजमा प्रकाशको तस्बीर पोष्ट गर्दै स्टाटस लेखेर श्रद्धाञ्जली व्यक्त गरेकी छन् ।

रेणुले प्रकाशलाई सम्झिँदै पेजमा ‘दोस्रो स्मृति दिवसमा भावपूर्ण श्रद्धाञ्जली बाबु’ लेखेकी छन् । त्यस्तै दिदी गंगा दाहालले भाई प्रकाशको अभावमा पनि उनले छाडेका बाँकी जिम्मेवारी पूरा गर्ने कोशिस गरिरहेको उल्लेख गर्दै प्रकाशको आत्माको चीरशान्तिको कामना गरेकाी छन् ।

प्रकाशको सम्झनामा गंगाले फेसबुक पेजमा लेखेकी छन् ‘बाबु कसरी लेखुँ तिम्रो अभावमा परिवारको अवस्था कस्तो छ, तिम्ले छोडेका जिम्मेवारी पूरा गर्ने कोशिस गर्दैछु बाबु ।’

प्रकाश दस वर्षे जनयुद्धमा सक्रिय नेता थिए । २०६३ को शान्तिप्रक्रियापछि बाबुसँगै राजधानी छिरेका उनी त्यसपछि बाबुका स्टाफको रुपमा काम गरेका थिए ।

सोही क्रममा तत्कालीन प्रचण्ड निवास लाजिम्पाटमा राति बेहास भएको अवस्थामा आमा सिता दाहालले फेला पारेपछि उपचारका लागि तत्कालै थापाथलीस्थित नर्भिक अस्पतालमा पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । हुदयघातबाट उनको निधन भएको चिकित्सकले जनाएका थिए ।

Leave A Reply

Your email address will not be published.