पाँच वर्षमा लाग्ने गढीमाई मेला सुरु, पशुबली ११ गतेबाट

0

बारा – हरेक पाँच वर्ष लाग्ने प्रसिद्ध मेला आइतबारबाट शुरु भएको छ । स्थानीय तह गठन भएपछि यो पहिलो मेला हो । अहिले महागढीमाई नगरपालिका–१ स्थित बरियारपुरमा अवस्थित मन्दिरमा एक महिनासम्म मेला लाग्ने गर्दछ ।

मेला सफल बनाउन स्थानीय तह र मन्दिर व्यवस्थापनको संयुक्त रुपमा ७२ सदस्यीय मूल व्यवस्थापन समिति र १४ वटा उपसमिति बनाइएको छ । नेपाल र छिमेकी भारतबाट गरी लाखौंको संख्यामा भक्तजन मन्दिर दर्शन र मेला अवलोकनका लागि आउँछन् ।

मन्दिरमा पशुबली भने मंसिर ११ बाट बली शुरु गरिने भएको छ । राँगा, बोका, परेवार, हाँसको बली दिइन्छ । मुसाको बली दिएर शुरु गरिन्छ । ५० लाखभन्दा बढी यो वर्ष मन्दिर दर्शन तथा मेला अवलोकनमा सहभागी हुने आयोजक समितिको दाबी छ ।

मेला सुरक्षाका लागि पन्ध्र सय सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ । मेलाको सुरक्षाका लागि विभिन्न स्थानमा ६० वटा सिसिटिभी क्यामरा जडान गर्नुका साथै ड्रोनबाटसमेत निगरानी गर्ने तयारी गरिएको छ ।

दक्षिण एसियाकै ठूलो संख्यामा बली चढाउने मेलाको रुपमा प्रसिद्ध यो मेलामा भने अधिकारकर्मीहरुले भने बली रोकेर जानुपर्ने बताउँदै अभियान चलाउँदै आएको छ ।

Leave A Reply

Your email address will not be published.