श्रीलंकाकाे नयाँ राष्ट्रपतिमा गोतबाया निर्वाचित

0

काठमाण्डौं – श्रीलंकाको नयाँ राष्ट्रपति चुनिएको छ । नयाँ राष्ट्रपतिमा पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेका भाई गोतबाया राजपाक्षे निर्वाचित भएका छन् ।

शनिबार भएको राष्ट्रपतिको चुनावमा गोतबायाले ५४ प्रतिशत बढी मत पाएका छन् । उनले सत्तारूढ दल युनाइटेड नेशनल पार्टीका उम्मेदवार सजिथ प्रेमदासालाई हराएका थिए । राजापाक्षेको सरकारमा गोतबाया रक्षा सचिव थिए ।

सात महिनाअघि भएको २ सय ५९ जनाको ज्यान जाने गरी भएको इस्टर आक्रमणपछि राष्ट्रपति चुनाव स्थगन भएको थियो । सो आक्रमणपछि श्रीलंकामा १५ वर्षयताकै आर्थिक मन्दी छाएको छ । सिंहाली बाहुल्य रहेको क्षेत्रमा ७० वर्षीय गोतबायाले ६० प्रतिशतभन्दा बढी मत पाएको दाबी गरिएको छ । नयाँ राष्ट्रपतिको शपथ सोमबार हुने जनाएका छन् ।

यही बीचमा भएको चुनावमा मतदाताले विपक्षी दलका उम्मेदवार राजापाक्षेलाई चुनेका हुन् । दाजु महिन्दा सन् २००५ देखि २०१५ सम्म श्रीलंकाका राष्ट्रपति छँदा दुईदशक लामो टिकेको तमिल विद्रोही समूह लिट्टेलाई सखाप पारिएको थियो ।

Leave A Reply

Your email address will not be published.