काठमाण्डौंमै पाँच हजार लिटर घरेलु मदिरा नष्ट

0

काठमाण्डौं – अवैध रुपमा उत्पादन गरी तथा बिक्री–वितरण गर्ने तयारीमा राखिएको ५ हजार लिटर घरेलु मदिरा प्रहरीले नियन्त्रणमा लिई नष्ट गरेको छ ।


महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले हिजो बुधबार बेलुका साढे ५ बजे काठमाण्डौं तारकेश्वर नगरपालिका–१० हिलेटोलमा घरेलु मदिरा बनाउने भट्टी संचालन गरेको भन्ने सूचना आधारमा चेकजाँच गर्दा अवैध घरेलु मदिरा बनाउने कच्चा पदार्थसहित तयारी मदिरा फेला पारेको थियो ।

प्रहरीले दिएको जानकारी अनुसार भट्टीबाट ५ हजार लिटर घरेलु मदिरा नियन्त्रणमा लिई स्थानिय प्रतिनिधिको रोहबरमा नष्ट गरिएको छ । यसबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.