काठमाण्डौं – सत्तारुढ नेकपाका महासचिव तथा सांसद विष्णुप्रसाद पौडेलले बुटवल नै प्रद्रेश नं. ५ को स्थायी राजधानी कायम हुने बताएका छन् ।
बुधवार साँझ रुपन्देहीको तिलोत्तमामा आयोजित एक कार्यक्रममा बोल्दै नेता पौडेलले अहिले प्रदेश नं. ५ को अस्थायी रहेको बुटवल नै स्थायी राजधानी कायम हुने बताएका हु्न् ।
कांग्रेस सरकारको पालामा प्रदेश नं. ५ को अस्थायी राजधानीको रुपमा बुटवल तोकिएको थियो । तर कानूनतः ५ नम्बर प्रदेशको स्थायी राजधानी र नाम टुंग्याउन बाँकी नै छ ।
यस प्रदेशअन्तर्गत रोल्पा, दाङ, प्यूठानलगाउन जिल्लाहरु पर्दछन् । प्रदेशको केन्द्रीय भाग भने दाङ सदरमुकाम घोराही हुने भन्दै बहुसंख्यक जिल्लावासीले दाङलाई प्रदेशको स्थायी राजधानी बनाउनुपर्ने जोडसाथ आन्दोलन समेत गर्दै आइरहेका छन् ।
बुटवललाई स्थायी राजधानी बनाउने अभिव्यक्ति दिएका नेता पौडेल रुपन्देहीको २ नम्बर बुटवल क्षेत्रबाट विजयी सांसद हुन् । उनले आफ्ना मतदातालाई प्रदेशको स्थायी राजधानी बुटवलबाट नसर्ने आश्वसन विगतदेखि नै दिँदै आएका छन् ।