अमेरिकी विदेशमन्त्री पोम्पेओले गरे रुस र चीनको तीव्र आलोचना

0

एजेन्सी – अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले रुस तथा चीनको तीव्र आलोचना गरेका छन्।

जर्मनीको बर्लिनमा पुगेका विदेशमन्त्री पोम्पेओले रुस तथा चीनबाट तर्फबाट गम्भीर खतरा प्रस्तुत हुँदै आएको बताउँदै नेटोलाई सक्रिय हुन र चुनौतिहरुको सामना गर्न आग्रह गरेका छन् । नेटोले अहिलेका समस्या तथा चुनौतिहरुको सामना डटेर गर्नु पर्ने अमेरिकी विदेश मन्त्री पोम्पेओले बताएका छन् ।

चीनले आफ्नै नागरिकहरुलाई दबाउनका लागि प्रयोग गरिरहेको रणनीति अति भयानक रहेको पोम्पेओको आरोप छ । यस्तै रुसले छिमेकी देशहरुमा घुसपैठ तथा आक्रमण गरेको र आन्तरिक तथा बाह्य रुपमा प्रस्तुत हुँदै आएका सन्तोषहरुलाई वास्ता नगरेको पोम्पेओले बताएका छन् ।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले हालै नेटोको अवस्था अहिले ‘ब्रेन डेड’ रहेको बताएका थिए । पोम्पेओले त्यसको व्यंग्यात्मक रुपमा खण्डन गरे ।

पोम्पेओले जर्मन चान्सलर एंगेला मर्केलसँगको भेटपछि पत्रकारसँग भने, ‘७० वर्षभन्दा बढी भयो…नेटो परिस्कृति र परिर्वतन हुनु पर्छ । यसले अहिलेको वास्तविकता र चुनौतिहरुको सामना गर्न सक्नु पर्छ ।’

उनले अघि भने, ‘नेटोलाई चाहिने स्रोतहरु उपलब्ध नगराई देशहरुले सुरक्षा पाउँछौँ भन्ने सोच्छन् र आफ्नो प्रतिबद्धता पूरा गर्दैनन् भने नेटो निश्क्रिय तथा अयोग्य हुनेछ ।’

हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटोका युरोपेली सदस्य राष्ट्रहरुले नेटोको सैन्य खर्चका लागि आफ्नो तर्फबाट दिनु पर्ने खर्च नदिएको र आफ्नो सुरक्षाका लागि अमेरिकामाथि निर्भर भएको आरोप लगाउने गरेका छन् ।

नेटो स्थापनाको ७० वर्ष पूरा हुँदैछ र आउँदो डिसेम्बरमा लण्डनमा नेटो राष्ट्रहरुको सम्मेलन हुँदैछ । नेटो पश्चिमा राष्ट्रहरुको सैन्य संगठन हो ।

Leave A Reply

Your email address will not be published.