नेपाली भूमी अतिक्रमण प्रकरण : नागरिक दबाब सामु झुक्दै सरकार, ४ बजे सर्वदलिय बैठक

0

काठमाण्डौं – लिम्पियाधुरा, कालापानी लगायतका नेपाली भू-भागलाई समेटेर भारतले जारी गरेको नयाँ नक्सालाई लिएर नागरिक तहबाट सशक्त प्रतिरोध हुन थालेपछि नागरिक दबाब सामु सरकार झुकेको छ ।

नागरिक स्तरबाट र सामाजिक संजाल बाट सिमा अतिक्रममा सरकारमाथी नै हमला सुरु भएपछि आफ्ना नागरिकको आक्रोश थामथुम पार्न परराष्ट्र मन्त्रालयको लेटर हेडमा बिना हस्ताक्षरित बिज्ञप्ती जारी गरे सँगै नागरिकको आक्रोश अझै बढेपछि भने सरकार रक्षात्मक अवस्थामा पुगेको देखिएको छ ।

यसै सन्दर्भमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शनिबार) अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलिय बैठक बोलाएका छन् ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितका विवादीत क्षेत्रको बारेमा छलफल हुने प्रधानमन्त्री कार्यलयले जानकारी दिएको छ । उक्त सर्वदलीय बैठकमा पुर्वप्रधानमन्त्री, पुर्वपरराष्ट्रमन्त्री सहित संसदमा प्रतिनिधित्व गरेका सबै दल तथा सिमावीद्वहरु समेत सहभागी हुने छन् ।

भारतले नेपाली भुमिलाई अतिक्रमित गरेर आफ्नो नयाँ नक्सा जारी गरेपछि प्रमुख प्रतिपक्षी दलका साथै सत्तारुढ दलको विद्यार्थी संगठन सहित नागरिक तहबाट सशक्त प्रतिरोध भएपछि सिमा अतिक्रमण सम्बन्धि ठोस कदम चाल्नै पर्ने बाध्यतामा सरकार पुगेको छ । भारतले जारी गरेको विवादीत नक्साको बिरोधमा देशभर बिरोध प्रदर्शन भै रहेका छन् । काठमाण्डौंस्थित भारतिय दूतावास अगाडि दैनिक बिरोध प्रदर्शन भै रहेका छन् ।

Leave A Reply

Your email address will not be published.