प्रधानमन्त्रीज्यू भारतको एकपक्षीय निर्णयविरुद्ध सबैलाई एकठाउँमा उभ्याउनुस् : गगन थापा

0

काठमाण्डौं – नेपाली कांग्रेसका नेता गगनकुमार थापाले कालापानी र लिपुलेक हडपेर भारतले जारी गरेको नयाँ नक्साप्रति आपत्ति जनाएका छन्। थापाले भारतको एकपक्षीय निर्णयविरुद्ध सत्ता र प्रतिपक्षी एकजुट हुनुपर्ने पनि बताएका छन् ।

बुधबार साँझ परराष्ट्र मन्त्रालयले ‘कालापानी नेपालकै भूमि हो’ भनेर जारी गरेको विज्ञप्तिको स्वागत गर्दै सांसद समेत रहेका थापाले राष्ट्रिय अस्मितासँग जोडिएको विषयमा घरभित्रका मतभेदलाई पन्छाएर सबै नेपाली एकठाउँमा आउनुपर्नेमा जोड दिए ।

भारतको एकपक्षीय निर्णयविरुद्ध राष्ट्रिय एकता आवश्यक रहेको र यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले पहलकदमी लिनुपर्ने थापाको भनाई छ ।

‘परराष्ट्रमन्त्रीज्यू लिपुलेक–कालापानीको बारेमा सरकारले धारणा सार्वजनिक गरेर ठिक गरेको छ । अब अग्रसरताको खाँचो छ’, उनले फेसबुकमा लेखेका छन्, ‘राष्ट्रिय अस्मितासँग जोडिएको विषयमा घरभित्रका मतभेदलाई पन्छाएर हामी एकठाउँ हुनुपर्छ । प्रधानमन्त्रीज्यू फराकिलो भएर भारतको एकपक्षीय निर्णयविरुद्ध सबैलाई एकठाँउमा उभ्याउन पहल गर्नुहोस् ।

Leave A Reply

Your email address will not be published.