कालापानीबारे भारत बोल्यो : नयाँ नक्शामा नेपालसँगको सिमाना पूनरावलोकन छैन

0

काठमाण्डौं – भारत सरकारले कालापानी र लिपुलेकबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ । आज साँझ विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता रविस कुमारले भारतले सार्वजनिक गरेको नयाँ नक्शामा कुनैपनि पूनरावलोकन नगरेको स्पष्ट पारेका छन् । उनकाअनुसार भारतले आफ्नो नयाँ नक्शामा भारतको सार्वभौम भूमिलाई मात्रै उल्लेख गरेको छ ।

नयाँ नक्शामा आफूहरुले नेपालसँगको सिमामा कुनै पूनरावलोकन नगरेको पनि भारतको दाबी छ । ‘नेपालसँगको सिमा विवाद अहिले कायम रहेको संयन्त्रले समाधानको लागि काम गरिरहेको छ’–प्रवक्ता रविस कुमारले भने ।

भारतले नेपालसँगको सिमा विवाद वार्ता तथा सहमतिको माध्यमबाट नै समाधान गर्न सकिने विश्वास दिलाएको छ । नेपाल–भारत सम्बन्ध बिर्गान उद्धत रहेका निहित स्वार्थ समूहबाट दुवै देश सतर्क हुनुपर्ने भारतको भनाई छ ।

कालापानीबारे भारतीय अडान यथावत, विदेश मन्त्रालय भन्छ : नयाँ नक्सा ठिक छ

भारतले आफ्नो नयाँ नक्सामा नेपाली सीमाबारे कुनै परिवर्तन नभएको दाबी गरेको छ । बिहीबार भारतीय विदेश मन्त्रालयले पत्रकार सम्मेलन गरी नयाँ नक्सामा नेपाल र भारतको सीमानाबारे कुनै परिमार्जन नगरेको बताएको हो ।

भारतले जारी गरेको नयाँ नक्सामा नेपालको कालापानी र लिपुलेक पनि समावेश गरेर औपचारिक रुपमै नेपाली भूमि हडप्न खोजेको भन्दै विरोध प्रदर्शन भइरहेका बेला भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीशकुमारले नयाँ नक्साले भारतको यथार्थ सार्वभौम क्षेत्रलाई समेटेको बताए । ‘नयाँ नक्साले कुनै पनि हिसाबले नेपाल भारत सीमा परिमार्जन गरिएको छैन’, उनले भने ।

प्रवक्ता कुमारले नेपालसँग जोडिएका सीमा व्यवस्थित गर्न दुइदेशीय संयन्त्रले काम गरिरहेको भन्दै द्विपक्षीय सम्बन्धका आधारमा सम्वादमार्फत समाधान खोज्ने प्रतिबद्धता समेत जनाए । ‘दुई देशबीच विवाद सिर्जना गराउने तत्वबाट दुबै देश सचेत रहनुपर्छ । विवादित विषयमा वार्ता र सम्वाद गर्न हामी तयार छौं’, उनले भने ।

Leave A Reply

Your email address will not be published.