हत्याकाण्डको ४० वर्षपछि परिवारलाई राहत दिने घोषणा

0

काठमाण्डौं – हत्याकाण्ड भएको ४० वर्षपछि हत्याकाण्डमा ज्यान गुमाएकाको परिवारलाई प्रदेश सरकारले नगद राहत दिने भएको छ ।

बिहिबार बसेको प्रदेश नं. १ सरकारले धनुटाको छिन्ताङमा २०३६ कार्तिक २७ गते पच्चायतकालीन निरंकुश सरकारले मच्चाएको हत्याकाण्डमा १६ जनाको ज्यान गएको थियो । परिवारलाई जनही ५ लाख रुपैयाँ नगद राहत दिने निर्णय गरेको हो ।

छिन्ताङ हत्याकाण्डमा ज्यान गुमाएकाहरुलाई २०७४ सालमा पौष २८ मा नेपाल सरकारले १६ जनालाई नै शहीद घोषणा गरेको थियो ।

धनकुटाको छिन्ताङ गाउँमा भूमिगत नेकपा मालेको गतिविधि नियन्त्रण गर्ने बाहनामा प्रहरीले गोली चलाउँदा १६ जनाको हत्या भएको थियो ।
तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको निर्देशनमा गोली चलाएको आरोप वामपन्थीहरूले लगाउँदै आएका छन् ।

छिन्ताङ हत्याकाण्डमा गोपालआनन्द राई, भैरवबहादुर खालिङ, बलबहादुर खत्री, चन्द्रबहादुर दमाई, गम्भीरमान दर्जी, गंगाबहादुर राई, टंकबहादुर विश्वकर्मा, धनवीर दमाई, लाखमान साधु राई, रणध्वज पुमा राई, केशरमान राई, गणेशबहादुर विश्वकर्मा, पुत्रमान थुलुङ, श्रीमाया राई, झगेन्द्र राई र रामकुमारी राई मारिएका थिए ।

Leave A Reply

Your email address will not be published.