तिहारलाई दुषित तुल्याउने घृणित जुवाडे संस्कार हाबी !

0

काठमाण्डौं – संस्कारयुक्त नागरिक तहबाटै स्वीकार गरी शदिऔंदेखी मनाउँदै आइरको तिहार (दीपावली)लाई असामाजिक तत्व र भ्रष्ट मानसिकताले ग्रष्त निश्चित वर्ग र संख्याका कारण बद्नाम मात्र नभई युवा पुस्ताले समेत पछ्याउँदै समाजकै कलंक पात्र बन्ने खतरा गाउँशहरमा देखिँदैछ ।
तिहार फूल र सामाजिक सुन्दरताको रुपमा चित्रित हुँदै आएकोमा मादक पदर्थ र जुवा–तासको मौसमको रुपमा उपयोग गर्ने खतरालाई नजिक ल्याउने अवस्था तिनै जुवाडेका कारण हुँदैछ । जुवा, तास र मादक पदार्थले मानव जीवनको न स्वास्थ्य न सम्बन्धलाई फाइदा गर्छ । समाज बिग्रहको ‘सफ्ट बिज’ हो यो ।

यसैलाई शहर बजारका समाजका ‘धनढ्य’ र ‘असामाजिक’ वर्गमा परिणत पात्रहरुले जीवनकै उत्सवका रुपमा उपभोग गर्न क्रम दलाल–पूँजीवादी सँस्कारमा वृद्धि गरिएको छ । समाज अनुशासित र प्रगतिशील नभई र पुँजीवादी विकृति र अराजकताको दिशातर्फ अगाडि बढिरहेको छ भन्ने बलियो संकेत हो यो ।

खुला अर्थतन्त्र र छाडा सँस्कृतिलाई बेरोकटोक र पश्चिमा भ्रष्ट सँस्कृतिको प्रभाव बढ्दै जाँदा नेपाल जस्तो अल्पकविकसित समाजमा जुवाडे र क्यासिनो संस्कारले स्थान प्राप्त गर्न अवसर पाएको छ । यी दुवै संस्कृति र आचारण श्रमजीवि वर्गको रुची र छनौट विषय होइन । बरु राज्यकै चरित्रका कारण श्रमजीवि वर्ग पनि यस्तामा समाहित हुन पुग्छन् । कालान्तरमा ऊ पनि समाज बिग्रहकै स्रोतमा परिणत हुन पुग्छन् ।

त्यसकारण सरकारले नै पर्वको रुपमा मनाउन बिदा दिई नागरिकलाई उत्सवमा हेलिने मौका दिनुलाई जुवा, तास र क्यासिनो अवसरको रुपमा मनाउनु किमार्थ सामाजिक विषय हुन सक्दैन । जोकोहीले यसलाई तिरस्कार र घृणा गर्नुपर्दछ । घृणित कार्यमा संलग्न जोकोहीलाई तत्काल नियन्त्रणमा लिई कानूनको अदालतमा उभ्याई दण्डित तुल्याउनु पर्छ । घृणित कार्यस्थल उप्लब्ध गराउनेलाई पनि छुट दिनु हुँदैन । घृणित कार्यमा संलग्न हरकोही सभ्य नागरिक र राज्यका सहयोगी हुन सक्दैनन् ।

गएराति मात्र महाराजगञ्जबाट एक नीजि कांग्रेसको घरबाट प्रहरीले २५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमध्ये अधिकांशका विगत दलाल, माफिया र अराजकताबाट गुज्रिएको पाइएको छ । न तिनीहरु समृद्धि समाजका लागि योग्य पात्र हुन सक्छन् । कानूनले राष्ट्र र समाज अनि सभ्य नागरिककै आवश्यकतामा जुवा, तासलाई निषेध गरेको हो । भलै, क्यासिनोलाई विदेशी पर्यटक (जाुवाडे)बाट कर उठाउने नाममा चल्न दिइएको छ ।

तर यो तरिका श्रमजीवि वर्गको वर्चश्व रहेको तर दबदबा दलाल पुँजीवादीको कायम रहेको हाम्रो जस्तो समाजमा क्यासिनोको कर एकाध व्यक्तिको पोल्टामा जाने बाहेक बाहिर आउनै पाइँदैन । त्यसो नहुँदो हो त क्यासिनोका सुपरभाइजर जागिरेले क्यासिनो किन्ने हैसियत आधा दशकमै बनाइने थिएनन् ।

जुवा, तास र क्यासिनोमा छिर्ने मानिस अस्वस्थ मनोविज्ञान र खराब चरित्रको पर्याय हो भन्ने सभ्य र स्वाभिमानी नेपालीको दृष्टिकोण निकै दूरगामी र वैज्ञानिक छ भन्नेमा दुविधा छैन । सशस्त्र संघर्षका समयमा जुवा–तास र मापसेलाई कडाईसाथ समाजबाटै नियन्त्रण नीति गर्दा समाजमा खाद्यन्न सस्तो र सजह उप्लब्धता भएको दृष्टान्त यही समाजमा रहेको छ ।

परिवारिक कलहमा समेत त्योबेला निकै कम भएको र परिवारका सदस्यहरुले सभ्य र स्वच्छ वातावरणमा बाँच्ने र प्रगति गर्ने अवसर हासिल गरेको यथार्थ अझै पाउन सकिन्छ ।

त्यसैले जुवा, तास र क्यासिनोमा संलग्नलाई सामाजिक रुपमै भण्डाफोर गर्दै बहिष्कार गर्ने र लुकिछिपी गर्नेलाई कानूनको नजरमा पर्नबाट नजोगाउने विधि नै समाज शुद्धिकरणको भरपर्दो माध्यम हुनेछ । घृणित संस्कारका बिजलाई निमिट्यान्न पार्नु राज्य र नागरिकको दायत्वि हो ।

Leave A Reply

Your email address will not be published.