चिलिमा राजनैतीक संकट: मन्त्रीमण्डल विघटन, सामाजिक सुधारका लागि नयाँ सरकार गठन हुने

0

एक हप्तादेखिको कर्फ्यु हटेको घोषणा 


एजेन्सी – एक हप्तादेखी राजधानी सान्टियागोमा जारी शान्तिपूर्ण प्रदर्शनका कारण चिलिमा राजनैतिक संकट चुलिएको छ । 


यसैबीच चिलिका राष्ट्रपति सेवास्टियन पिनेराले मन्त्रीमण्डल विघटनको घोषणा गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । उनले नयाँ सरकार गठन गरेर प्रदर्शनकारिको माग सम्बोधनको प्रयास थालिने उल्लेख गरेका छन् । 


परिवर्तित मन्त्रीमण्डल कस्तो हुने भन्ने बारेमा केही नखुलाईए पनि सडकबाट उठाईएका आवाजहरु आफुले सुनिरहेको उनले उल्लेख गरेका छन् । 


एक हप्ता अगाडि मेट्रो रेलको भाडा बढेपछि सुरु भएको सरकार बिरोधि प्रदर्शनको क्रममा भएका हिंसात्मक झडपमा परि कम्तीमा १७ जनाको ज्यान जानुका साथै सयौं घाईते भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् । 


मन्त्रीमण्डल विघटन सँगै एक हप्तादेखि सान्टियागोमा जारी कर्फ्यु पनि हटेको राष्ट्रपति पिनेराले घोषणा गरेका छन्  । 

Leave A Reply

Your email address will not be published.