यौन दुर्व्यहारपछि छात्राकाे हत्या गर्ने १६ जनालाई मृत्युदण्डको फैसला

0

एजेन्सी – एक छात्रालाई जीवितै जलाएर हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै १६ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।

नुसरतले यौन दुव्र्यवहार गरेको आरोप लगाएका प्रधानाध्यापक सिरज उद दउला बाहेक उनका दुई सहपाठी छात्रा पनि हत्यामा संलग्न भएको बंगलादेशकाे एक अदालतले ठहर गरेको छ ।

शिक्षकले आफूलाई यौन दुव्र्यहार गरेको आरोप लगाएकी १९ वर्षीया नुसरत जहाँ रफीको गत अप्रिल महिनामा फेनी नगरमा हत्या भएको थियो । नुसरतले आफ्ना प्रधानाध्यापक दउलाले आफूलाई बारम्बार अनुचित तरिकाले छोएको भन्दै प्रहरीलाई उजुरी दिएकी थिइन् ।

त्यसको ११ दिनपछि गत एप्रिल ६ मा उनलाई विद्यालयको छानामा बोलाइएको थियो । त्यहाँ उनलाई बुर्का लगाएका चार–पाँच जनाले घेरेर उजुरी फिर्ता लिन दबाव दिएको र त्यसलाई उनले अस्वीकार गरेपछि जीवितै आगो लगाई हत्या गरिएको थियो । आगोले नुसरतको शरीरको ८० प्रतिशत भाग जलेका पाइएको थियो । घटनाको दिनमै छात्रा नुसरतको मृत्यु भएको थियो ।

उनले आत्महत्या गरेको जस्तो देखाउने प्रयास गरिएपनि उनको उद्धारपछि गरिएको अनुसन्धानबाट हत्या भएको खुलेको थियो । घटनाबारे मोवाइलमा भएको रेकर्डले अनुसन्धानमा महत्वपूर्ण सहयोग पुगेको उल्लेख गरेको थियो ।

अभियोजनकर्ता हाफेज अहमदले फैसलाले हत्या गर्ने कोही पनि बङ्लादेशमा सहजै उम्किन नसक्ने विषयलाई प्रमाणित गरिदिएको प्रतिक्रिया संचारमाध्यमसँग बनाए ।

Leave A Reply

Your email address will not be published.