मेडिसिटी अस्पतालविरुद्ध १० करोड क्षतिपूर्ति मागसहित मुद्दा दर्ता

0

काठमाण्डौं – पूर्वसांसद गायत्री साहले चिकित्सककाे लापारवाहीका कारण अस्वस्थ बच्चा जन्मिएको भन्दै १० करोड रुपैयाँ क्षतिपूर्तिको मागदाबीसाथ ललितपुरस्थित मेडिसिटी अस्पतालविरूद्ध ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन् ।

मेडिसिटी अस्पताल रत्य हाँका डाक्टरका कारण आफ्नो बच्चाको स्वास्थ्यमा गम्भीर क्षति पुगेको र यसबाट आर्थिक, मानसिक र शारीरिक क्षति भएको भन्दै उनले असोज २८ गते अदालतमा मुद्दा दायर गरेकी हुन् । चिकित्सकको गलत रिपोर्टले गर्दा बच्चालाई शरीर विकास नहुने ‘डाउन सिन्ड्रोम’ले ग्रष्त बच्चा जन्मिएको मुद्दाको व्यहोरामादाबी गरिएको छ ।

अस्पतालले गलत रिपोर्ट दिएका कारण डाउन सिन्ड्रोम भएको बच्चा जन्माउनु परेको र त्यसको जीवनभरको उपचार खर्च भन्दै सो बराबरको रकम क्षतिपूर्तिस्वरूप उक्त रकम मागसहित मुद्दा दायर भएको अदालतले जनाएको छ । पेशीमा भने चढिसकेको छैन ।

गायत्री साहले गत फागुन २८ गते मेडिसिटी अस्पतालमा छोरालाई जन्म दिएकी थिइन् । तर, शारीरिक विकास नहुने किसिमको ‘डाउन सिन्ड्रोम’ शिशु जन्मिएपछि उनले लामो समयसम्म बच्चा अस्पतालमैम छाडेर घर फर्र्किएकी उनलाई हालै उच्च अदालत पाटनले बच्चा जिम्मा लिन आदेश दिएपछि उनले बच्चालाई साथमा लगेकी छिन् ।

तर जीवनको उपचारको आवश्यक पर्ने भन्दै उनले क्षतिपूर्ति माग गरेकी हुन् । साह दोस्रोपटकको संविधानसभा २०७० मा जनता दलबाट सभासद थिइन् ।

Leave A Reply

Your email address will not be published.