कृषि विकास बैँकको लहान शाखाका सबै कर्मचारी निलम्बित

0

बैँकको सिस्टम ह्याकिङ गरेर ४ करोड ७३ लाख जम्मा

काठमाण्डौं – प्रहरीले ह्याकिङ तथा जालसाजी गरी बैँकिङ प्रणालीबाट करोडौँ रुपैयाँ कुम्ल्याउने योजना बनाएका १२ जनालाई बुधबार सार्वजनिक गरेको छ। तीमध्ये केही बैँकका ऋणीसमेत छन् ।

कृषि विकास बैँकको लहान शाखाबाट ११ जना व्यक्तिका नाममा जम्मा भएको ४ करोड ७३ लाख रुपैयाँ देशका विभिन्न शाखाबाट निकाल्ने योजनामा रहेका ह्याकरहरुको समूहलाई प्रहरीले पक्राउ गरेको हो ।

यसबारे अनुसन्धान गर्न कृषि विकास बैँकले लहान शाखाका सबै कर्मचारीहरुलाई निलम्बन गरी छानबिन प्रक्रिया अघि बढाएको कृषि विकास बैँकका उपमहाप्रवन्धक दीर्घ अर्यालले जानकारी दिए ।

लहान शाखाको ‘लगिन’ प्रयोग गरी अर्कै स्थानको कम्युटर प्रयोग गरेर उक्त रकम बैँकमा जम्मा भएको देखिन्छ। उक्त रकममध्ये काठमाडौँबाट ६० लाख रुपैयाँ निकालेपछि प्रहरीले यसको सुइँको पाएको हो ।

भारतबाट यो योजनामा काम गर्ने व्यक्तिले निकालेको रकममध्ये १० देखि ३५ प्रतिशतसम्म आफूले राखेर बाँकी रकम आफूलाई पठाउन अह्राएका थिए ।

ह्याकरहरुले लहान शाखाको युजर एकाउन्ट ह्याकिङ गरेर पत्ता लगाए वा उक्त बैँककै कर्मचारीहरुको संलग्नता रहेको भन्नेबारे खुलिसकेको छैन । यसबारे छानबिन समिति बनाएरै छानबिन भइरहेको अर्यालले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.