पाकिस्तानमा भूकम्प, ४ जनाको ज्यानको मृत्यु

0

काठमाण्डौं – पाकिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्प गएको छ । पाकिस्तानको राजधानी इस्लामाबादसहित देशको उत्तरी भेग, लाहोर, पेशावर र पाकिस्तान प्रशासित कश्मीरमा मंगलबार साँझ ५.८ म्याग्निच्यूडको भूकम्प गएको छ ।

भूकम्पमा परी ५ जनाको ज्यान गएको छ । अमेरिकी भूगर्भसम्बन्धी निकाय यूएसजीएस र पाकिस्तानको भूगर्भ विभागले भूकम्पको मापन ५.८ म्याग्निच्युडको गरेको जनाएको छ । भूकम्पको गहिराई १० किलोमिटर मात्र रहेको रहेको पनि जनाएको छ ।

बीबीसी उर्दूका अनुसार धक्का महसुस गरिएको एउटा क्षेत्र मिरपुरका प्रहरी अधिकारीले त्यहाँ चार जनाको मृत्यु भएको पुष्टि गरेका छन् । मृत्यु हुनेको संख्या बढ्ने सक्ने स्थानीय समाचार एजेन्सीहरुले जनाएका छन् ।

सडक र जमिन चिराचिरा परेका छन् । सडकमा गुडिरहेको सवारी साधन ढलेका र बिजुलीका खम्बाहरु ढलेको जनाएका छन् । कश्मिरमा पनि भूकम्पको ठूलो धक्का पुगेको र क्षति पुगेको जनाएका छन् । क्षतिको विवरण आउने क्रम जारी छ ।

तस्बीर: बीबीसी
Leave A Reply

Your email address will not be published.