पासापुँच बेल्जियममा चिज कुमार श्रेष्ठ

0

बेल्जियममा बसोबास गरी रहेका नेवारी समुदायको संस्था पासापुच बेल्जियममा चिज कुमार श्रेष्ठ अध्यक्ष चयन् भएका छन । आईतवार बेल्जियमको एंन्तवेरपेन शहरमा भएको संस्थाको चौथो अधिबेशनले उपाध्यक्षमा राधा प्रधान, मुना ताम्राकार र उत्तम मल्ल, महासचिबमा सुर्य नारायण श्रेष्ठ, कोषाध्यक्षमा प्रेम प्रधान र सहकोषाध्यक्षमा मैया श्रेष्ठ ब्यबस्थापन सन्योजक शंकर श्रेष्ठ , सान्स्कृतिक सन्योजक निशा चित्रकार र सदस्यहरुमा प्रकाश जोशी , उमेस कर्माचार्य , जितेन्द्र कर्माचार्य (वेस्टेन्दे ), प्रसान्त श्रेष्ठ( ब्रुस्सेल्), रबिन श्रेष्ठ ( लुभेन ) कृष्ण श्रेष्ठ ( सेन्त्रुदिन ) संजु उदाश ( गेन्ट) लाई सर्बसम्मत चयन गरेको छ । सचिब र बाँकी सद्स्यहरु पहिलो बैठकबाट मनोनित गर्ने जनाइएको छ ।


नेपाली राजदुताबास बेनेलक्सका उपनियोग प्रमुख सुधिर भट्टराईको प्रमुख आतिथ्यतामा भएको उद्घाटन समारोहमा एनआरएनए बेल्जियमका अध्यक्ष चित्र सुबेदी, एनआरएनए आईसिसी महिला सन्योजक रजनी प्रधान, युरोप सन्योजक शिवकुमार बरुवाल, आइसीसी सदस्य लीला शर्मा मानन्धर र पदम गुरुङ , नब निर्बाचित आईसिसी सदस्य सुबाश जोसी र कमल पन्थी, एनआरएनए बेल्जियम का संस्थापक अध्यक्ष रबिन्द्रमान श्रेष्ठ, पूर्व आइसीसी सदस्य चीजकुमार श्रेष्ठ लगायत बिभिन्न संघ संस्थाका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।


संस्थालाई आर्थिक भौतिक सहयोग गर्ने ब्यक्तिहरुलाई मायाको चिनो र सम्मान प्रदान गरिएको सोही अबसरमा नेवारी परम्परा अनुसार छोरी चेली खुवाउने कार्यक्रम पनि गरिएको थियो । बन्द सत्रमा आर्थीक प्रतिबेदन, प्रगती प्रतिबेदन, बिधान पारीत गर्दै संस्थाको आगामी गतिबिधी बारे जानकारी गराइएको थियो ।

पासा पुँच बेल्जियमका अध्यक्ष रोशन जोशी ( भिम ) को सभापतित्वमा भएको कार्यक्रम योगेन्द्र श्रेष्ठको ब्यबस्थापन् र महासचिब सुर्य नारायण श्रेष्ठको सन्चालनमा भएको थियो ।

Leave A Reply

Your email address will not be published.