सयको नोटमा बुद्धको तस्बिर

0

काठमाण्डौं – नेपाल राष्ट्र बैँकले मंगलबारदेखि सय रुपैयाँको नयाँ नोट चल्तीमा ल्याएको छ ।

बैंकले पहिलेकै आकार, प्रकार तथा रंगमा नयाँ विषेशता सहितको नयाँ नोट प्रचलनमा ल्याएको हो ।

नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र, मध्य भागमा नेपालको नक्सा,अशोक स्तम्भको चित्रका साथै अंग्रेजीमा ‘लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध’ लेखिएको छ ।

सय दरका ३ अर्ब बराबरका नयाँ नोट आजदेखि बजारमा पठाइएको राष्ट्र बैंकले जनाएको छ । यस्तै नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको छ भने नोटको
मध्यभागको पृष्ठभमिमा नेपालको नक्सा रहेको छ ।

नोटमा अशोक स्तम्भको चित्रका साथै लुम्बिनी द वर्थ प्लेस अफ लर्ड बुद्ध समेत लेखिएको छ भने अशोक स्तम्भको चित्रसँगै दृष्टीविहिनहरुलाई नोट पहिचानका लागि छामेर थापा पाउने कालो थोप्ला राखिएको छ ।

त्यतिमात्रै होइन अशोकस्तम्भको बायाँतर्फ अण्डाकारभित्र सिल्भर मेटालिकमा मायादेवीको चित्र, दायाँतर्फ लालिगुराँसको पानीछाप राखिएको छ ।

नोटलाई झट्ट हेर्दा रातो रंग, ढल्काएर हेर्दा हरियो रंग देखिने नोटको मध्यभागमा एकसिंगे माउ गैँडा र बच्चाको चित्र राखिएको छ ।

Leave A Reply

Your email address will not be published.