समाजवादी युवा संघको प्रधानमन्त्रीलाई ज्ञापनपत्र

0

काठमाण्डौं – समाजवादी पार्टी नेपाल निकट युवा संघले एनसेल पुंजिगत लाभकर प्रकरण सहित भ्रष्ट्रचार नियन्त्रणको लागी बुधबार ७७ वटै जिल्लाबाट प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

‘बढ्दो भ्रष्टाचार, महँगी, बेथिति र विभिन्न स्वदेशी तथा विदेशी कम्पनीहरुले सरकारलाई तिर्नुपर्ने कर लगायतका राजश्व नतिरी उम्कन खोज्नुले नेपाल आर्थिक रुपमा विफल हुने समाजवादी युवा संघको ठहर छ’ संघले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पठाएको ज्ञापन पत्रमा लेखिएको छ, ‘पछिल्लो एनसेल प्रकरण पनि एक प्रकारले नेपाललाई आर्थिक रुपमा कर नतिरी कमजोर पार्ने प्रत्यक्ष उदाहरण रहेको छ । तसर्थ बढ्दै गरेको भ्रष्टाचार, महँगी, बेथिति र सुशासनका सवालमा सरकार गम्भिर हुनुपर्छ ।’

कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकालाई जनताले शंकाको दृष्टिकोणले हेर्नुपर्ने अवस्थाको सिर्जना हुनु, देशको ऋण १० अर्ब नाघ्नु, व्यापार घाटा आकाशिनुजस्ता जस्ता समस्या मुख्य चिन्ताको विषय भएको संघले ज्ञापन पत्रमार्फत भनेको छ ।

कर नतिर्ने, राजश्व छल्ने, भ्रष्टाचार गर्ने लगायतका कुतत्लाई समयमै निस्तेज पार्नेगरी कार्ययोजना ल्याउन समाजवादी युवा संघ गम्भिर रहेको र यसप्रति सरकारलाई पनि गम्भिर हुन देशैभरका सबै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको हो ।

Leave A Reply

Your email address will not be published.