अब सरकार बघिनी बनेर प्रस्तुत हुन्छः प्रधानमन्त्री

0

काठमाण्डौं – सिंगापुरबाट दोस्रोपटकको स्वास्थ्योपचारबाट फर्किएपछि औपचारिक कार्यक्रमहरुबाट सम्भवतः पहिलोपटक बुधबार कडा अभिव्यक्ति प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिएका छन् ।

सिंहदरबारभित्र आज बिहान संघीय संसद भवनको शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले पछिल्लो समयमा लोकतन्त्रमाथि खतरा पैदा गराउने तत्व सक्रिय भएको भन्दै त्यस्ता तत्वविरुद्ध सरकार बघिनीझैं आक्रमक बन्ने बताएका हुन् । ‘बघिनी’ रुप लोकतन्त्रको रक्षाका लागि केन्द्रित हुने प्रधानमन्त्रीको भनाई छ । लोकतन्त्रलाई डमरुको संज्ञा दिँदै उनले डमरुमाथि खतरा आइलागेकोले सरकार बघिनी बन्नुपर्ने अवस्था आएको उनले बताए ।

‘जब डमरुमाथि खतरा पैदा भयो भनेपछि बघिनी चुप लागेर बस्दिन, त्यस्तै डेमोक्रेसीमाथि, संघीय लोकतान्त्रिक गणतत्रमाथि जबसम्म खतरा आइपर्यो भन्ने कुरा बुझ्छ तब सरकार बघिनीजस्तै चुप बस्न सक्दैन’ प्रधानमन्त्रीले भने । लोकतन्त्रको रक्षाका लागि जस्तोसुकै दुःख गर्न सरकार तयार रहेको उनको धारणा छ ।

तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ शिलान्यास भएको संघीय संसद भवन समयमै सम्पन्न गर्न निर्देशन दिँदै अनेकन वहानामा पैसा थप्ने काम नगर्न शहरी विकास मन्त्रीलाई निर्देशन दिए । काम गुणस्तर र समयमै भवन निर्माण गर्न निर्देशन दिए ।

नेत्र विक्रम चन्द ‘विप्लव’ नेकपातर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले उसको गतिविधि ‘वितण्डा’ भएको टिप्पणी गरे । ऊमाथिको नियन्त्रणकारी भूमिका थप सशक्त बनाउँदै लैजाने समेत बताए ।

Leave A Reply

Your email address will not be published.