इजरायलमा पाँच महिनामा दोस्रो पटक आमनिर्वाचन हुँदै

0

जेरुसेलम \ बीबीसी – इजरायलमा आज पाँच महिनामा दोस्रो आमनिर्वाचन हुँदैछ । यसअघि गएको अप्रिलमा भएको मतदानको क्रममा प्राप्त सिटबाट प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बहुमत सहितको गठबन्धन सरकार बनाउन नसकेपछि फेरि मतदान हुन लागेको हो । 


अहिले प्रधानमन्त्री नेतान्याहुको लिक्वुड पार्टीलार्ई मध्यमार्गी ब्लु एण्ड व्हाइट पार्टीले टक्कर दिइरहेको छ । पछिल्लो पार्टीको नेतृत्व पूर्व सेनाप्रमुख बेन्नी गान्जले गरिरहेका छन् । 


त्यहाँको १२० सदस्यीय संसदमा यसअघि दुवै प्रमुख पार्टीले ३५÷३५ सिट जितेका थिए । न्यातानाहुले यसअघि  आफूले साना दलसँग मिलेर सरकार चलाउनका लागि अन्य दलहरुको साथ लिन सक्ने जनाएका थिए ।


तर, उनी गठबन्धन बनाउन असफल भएका छन् । नेतान्याहुले पछिल्लो समयमा प्यालेस्टाइनले दाबी गरिरहेको भूभाग पश्चिम किनाराबाट इजरायलमा गाभ्ने घोषणा गरेर मतदातालाई प्रभावित पार्न खोजेका छन् । अन्तर्राष्ट्रिय समुदायबाट त्यसको आलोचना भएको थियो । 

Leave A Reply

Your email address will not be published.