हङकङको आन्दोलन १०० औं दिनमा

0

  बीबीसी – हङकङमा आन्दोलन शुरु भएको १०० दिन पुगेको छ । चीनको आग्रहमा त्यहाँको संसदमा सुपुर्दगी सम्बन्धी विधेयक ल्याइएको भन्ने आरोप लगाउँदै गएको जुन महिनामा त्यहाँ प्रदर्शन शुरु भएको थियो । सो विधेयक शुरुमा फिर्ता लिइएको थियो भने आन्दोलन चर्किदै गएपछि खारेज नै गरिएको थियो । तापनि अझै हङकङको असन्तुष्टि मत्थर भएको छैन ।

आन्दोलनकारीले हङकङका प्रमुख कार्यकारी अधिकृत केरी लेमको राजीनामा मागेकोमा पछिल्लो पटक स्थानीय विमानस्थलमा पनि अवरोध गरेका थिए । त्यसक्रममा केही हिंस्रक घटना पनि भएका छन् । अहिले हङकङको आन्दोलनलाई प्रजातन्त्रको पक्षको आन्दोलन भन्नुका साथै चीन र अमेरिकाबीच पनि यो प्रकरणलाई लिएर भनाभनको अवस्था देखिएको छ । हङकङका बासिन्दाले हालै अमेरिकालाई हस्तक्षेप गर्न माग गर्दै अमेरिकाको झण्डासहितको प्रदर्शन समेत गरेका थिए  ।

Leave A Reply

Your email address will not be published.