भारतीय प्रधानमन्त्री मोदीको आज ६९ औं जन्मदिन, प्रधानमन्त्री ओलीले दिए तीन भाषामा शुभकामना

0

काठमाण्डौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आजबाट ६९ वर्षको हुनुभएको छ । मोदीको भारतको गुजरातमा जन्म १७ सेप्टेम्बर १९५० मा भएको हो ।

मोदीको जन्मदिनमा प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न तीन भाषामा जन्मदिनको शुभकामना दिनुभएको छ ।

मोदीको जन्म दिनमा प्रधानमन्त्री ओलीले गुजराती भाषामा, हिन्दीमा र अंग्रेजी भाषामा मोदीलाई जन्मदिनको शुभकामना व्यक्त गर्नुभएको हो । भारतीय जनता पार्टीको तर्फबाट उहाँ अहिले भारतको प्रधानमन्त्री बन्नु भएको हो । उहाँको यो दोस्रो कार्यकाल हो ।

मोदी यसअघि २०१४ मा पहिलो पटक प्रधानमन्त्री बन्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.