यो हप्ता दिनदिनै भूकम्प, आज लमजुङमा धक्का

0

काठमाण्डौं – लमजुङमा मंगलवार बिहान भूकम्पको धक्का महसूस गरिएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार लमजुङ केन्द्रबिन्दू भएर बिहान ९ः५३ बजे ४.५ म्याग्निट्युडको भूकम्प गएको हो ।

यो हप्ता आइतवारदेखि दिनदिनै भूकम्पको धक्का महसूस भइरहेको छ । आइतवार हुम्लामा ५ म्याग्निट्युडको भूकम्प गएको थियो भने सोमवार दार्चुलामा ४.४ म्याग्निट्युडको भूकम्प गएको थियो ।

Leave A Reply

Your email address will not be published.