मन्त्रिपरिषदका पूर्वअध्यक्ष रेग्मीलाई मातृशोक

0

काठमाण्डौं – मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीलाई मातृशोक परेको छ।

उनकी ममतामयी आमा चित्रकुमारी रेग्मीको उपचारका क्रममा सोमबार राति मिनभवनस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालमा निधन भएको अध्यक्ष रेग्मीका प्रेस संयोजक राजेन्द्र पाण्डेले जानकारी दिए ।

केही समयदेखि मुटुरोगको उपचार गराइरहनुभएकी ९० वर्षीया रेग्मीको उपचारका क्रममा निधन भएको हो । उनको सोमबार राति नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

Leave A Reply

Your email address will not be published.