पर्यटनमन्त्री प्रकरणमा गगन थापाको पेचिलो प्रहार

0

काठमाण्डौं – पर्यटनमन्त्री योगेश भट्टराईको विमान प्रकरणबारे नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले मुख खोलेका छन् । थापाले विमान भित्र भएको घटना भन्दा पनि उक्त घटनाले निम्त्याएको मुद्धामा उनले टिप्पणी गरेका हुन् ।

मन्त्री भट्टराईमाथि अभद« व्यवहार गरेको भन्दै सत्तारुढ दलका विभिन्न भातृ संगठनहरुले नेपालका लागि नेपाली अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीलाई विभिन्न जिल्ला प्रबेशमा रोक लगाएकोमाथि टिप्पणी गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले गल्ती गर्नेलाई निषेध गरेर नभई विधिले बाध्नु पर्ने भन्दै मन्त्री भट्टराईलाई सुझाव दिएका छन् । उनले लेखेका छन् “कमरेड ! यो लोकतान्त्रिक गणतन्त्र नेपाल हो। ज्ञानेन्द्र शाही त के ज्ञानेन्द्र शाह पनि यहाँ स्वतन्त्रपूर्वक हिंड्न पाउँछन। आफ्नो विचार राख्न पाउँछन। गल्ति गर्नेलाई विधिले बांध्ने हो निषेध गर्ने होइन।”

साथै उनले नेकपाका भ्रातृ संगठन युवा संघले शाहीलाई जिल्ला प्रबेशमाथि रोक लगाउँने निर्णय गरिएको विज्ञप्ति समेत सेयर गर्दै उनले सरकारकाअरिङगाल प्रवृत्ति छाड्न पनि सुझाव दिएका छन् । उनले सरकारको मति र अरिङगाल प्रवृत्तिमा सुधार गर्न सुझाव दिए ।

सांसद थापा अगाडी लेख्छन् ‘सरकारको गति र मति ठिक पार्नुहोस् आफ्नो “अरिङगाल प्रवृत्ति छोड्नुहोस् परिवर्तन विरोधी तत्व आफै परास्त हुन्छन्।”राष्ट्रिय युवा संघ नेपाल धनुषा र युवा संघ नेपाल कास्कीले मन्त्री भट्टराईमाथि र्दुव्यवहार गरेको भन्दै ज्ञानेन्द्र शाहीलाई जिल्ला प्रबेशमा रोक लगाउँने घोषणा गरेका छन् ।

Gagan Thapa@thapagk

कमरेड!यो लोकतान्त्रिक गणतन्त्र नेपाल हो । ज्ञानेन्द्र शाही त के ज्ञानेन्द्र शाह पनि यहाँ स्वतन्त्रपूर्वक हिंड्न पाउँछन । आफ्नो विचार राख्न पाउँछन । गल्ति गर्नेलाई विधिले बांध्ने हो निषेध गर्ने होइन ।सरकारको गति र मति ठिक पार्नुहोस् परिवर्तन विरोधी तत्व आफै परास्त हुन्छन् ।

View image on Twitter

1,3597:15 PM – Sep 16, 2019Twitter Ads info and privacy

Leave A Reply

Your email address will not be published.