काभ्रेपलाञ्चोकमा ८ वटा हेलिकप्टर धान खेतमा आकस्मिक अवतरण

0

खराब मौसमका कारण काभ्रेपलाञ्चोकको धान खेतमा ८ वटा हेलिकप्टर आकस्मिक अवतरण गरेका छन् । पाँचखाल नगरपालिकाभित्रका धान खेतमा ५ वटा र भकुण्डेबेसीमा ३ वटा हेलिकप्टर आकस्मिक अवतरण गरेका हुन् । यी ८ वटै हेलिकप्टर सोलुखुम्बुको लुक्ला विमानस्थलबाट काठमाडौंका लागि उडेका थिए ।

पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलका अनुसार सबै हेलिकप्टरमा विदेशी पर्यटकहरु छन् । सबै यात्रुहरु सकुशल रहेको खरेलले जानकारी दिए । अविरल परेको पानी र हुस्सुका कारण लुक्लाबाट उडेका हेलिकप्टर राजधानी जान नसकेका हुन् । हेलिकप्टरहरु मनाङ एयर, सिम्रिक एयर, कैलाश एयरका भएको बताइएको छ । मौसम सुधार भए पछि आकस्मिक अवतरण गरिएका सबै हेलिकप्टरहरु गन्तब्य तर्फ जाने बताइएको छ ।

तस्वीरहरूः सरोज बस्नेतको फेसबुकबाट

Leave A Reply

Your email address will not be published.