पर्यटनमन्त्री भट्टराईलाई दुर्व्यहार गर्ने ज्ञानेन्द्र शाही प्रहरी नियन्त्रणमा

0

काठमाण्डौं – नेपालगञ्‍ज विमानस्थलमा बुद्ध एयरको विमानभित्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई गालीगलौज गर्ने ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ‘पुल्चोकमा एउटा कार्यक्रमका क्रममा उनीमाथि आक्रमण हुनसक्ने’ भन्दै ललितपुर प्रहरीले आइतबार उनलाई नियन्त्रणमा लिएको हो ।

शनिबार ज्ञानेन्द्र शाहीको टोलीले बुद्ध एयरको प्लेनभित्र मन्त्री भट्टराईलाई दुर्व्यवहार गर्दै भिडियो खिचेको थियो ।

भिडियोमा संस्कृतिमन्त्री भएर संस्कार नै नभएको भन्दै युवाहरुले मन्त्रीलाई हप्कीदप्की गरेका थिए । तर मन्त्री भट्टराईले आफू प्लेन चढ्न ढिला भएकोप्रति सामाजिक सञ्‍जालमा क्षमायाचना गरेका थिए ।

मन्त्री भट्टराई जहाज उड्ने साबिक समयभन्दा १५ मिनेट ढिलो गरी विमान चढेका थिए ।

ललितपुर प्रहरी प्रमुख टेकप्रसाद राईका अनुसार शाहीलाई असुरक्षाको अवस्था देखेपछि कार्यक्रमस्थलबाटै उनलाई नियन्त्रणमा लिइएको हो। उनलाई जावलाखेलमा राखिएको छ ।

Leave A Reply

Your email address will not be published.