हुम्ला केन्द्रबिन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प

0

काठमाण्डौं – हुम्लाको लिमीलाई केन्द्रबिन्दु बनाएर ५ रेक्टरको भूकम्प गएको छ । आइतबार बिहान १० बजेर ५४ मिनेटमा हुम्लाको लिमी क्षेत्रलाई केन्द्रबिन्दु बनाउँदै उक्त भूकम्प गएको हो ।

बिहान १० बजेर ५४ मिनेट जाँदा ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले पुष्टि गरेको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो भूकम्पको धक्का हुम्ला र आसपासका जिलामा महसुस भएको थियो । पछिल्लो समय कर्णाली र पश्चिमका जिल्लामा साना भूकम्पका धक्का महसुस भइरहेका छन् ।

Leave A Reply

Your email address will not be published.