पत्रकार चन्द र गुरुङलाई साइबर अपराधमा सफाई

0

काठमाण्डौं – साइबर अपराधको कसुर अभियोग लागेका पत्रकार गोपाल चन्द र कुलबहादुर गुरुङले सफाइ पाएका छन् । दुवै जनाले जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएका हुन् ।

अनलाइन पत्रिका पोष्टपाटी डटकममा समाचार लेखेकै आधारमा डटकमका प्रधानसम्पादक गोपाल चन्द र संचालक केबी गुरुङमाथि विद्युतीय कारोबार ऐन २०६३ मा टेकेर साइबर अपारधको मुद्दा चलाइएको थियो ।

सोही मुद्दामा पत्रकार चन्दलाई गत मंसिर ११ गते जनपत्रकार संगठन नेपालद्वारा काठमाडौंको बसुन्धारास्थित कान्तिपुर डेन्टल अस्पतालमा संचालित पत्रकारिता तालिम कार्यक्रमको समाचार संकलन गरिरहेका बखत गिरफ्तार गरिएको थियो ।

त्यसपछि संचालक गुरुङलाई पनि व्यापकखोजी गरिएको र पछि स्यम् अदालतमा हाजिर हुन गएपछि तारेख खेप्दै आइरहेका थिए । चन्दलाई भने १५ हजार धरौटी लिई मंसिर २८ गते तारेखमा छाडिएको थियो ।

सोही मुद्दामा उनीहरु दुवैजनाले जिल्ला न्यायाधीश विदुर कोइरालाको एकल इजलासबाट मंगलबार सफाई पाएका हुन् । पत्रकार चन्द र गुरुङको तर्फका अधिवक्ता कपिलचन्द्र पोखरेल, कान्तिराम ढुंगाना, दिवस निराैलालगायतले बहस गरेका थिए ।

Leave A Reply

Your email address will not be published.