वेष्ट ब्याङ्कमा राज्यहरण गर्ने इजरायली प्रधानमन्त्रीको योजना, अरब राष्ट्रको कडा आपत्ति

0

एजेन्सी – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले वेष्ट ब्याङ्कको केही क्षेत्र हडप्ने अर्थात राज्य हत्याउने योजना बनाएकोप्रति अरब राष्ट्रले विरोध जनाएका छन् ।

नेतन्याहुले चुनावको पूर्व सन्ध्यामा मंगलबार टेलिभिजन सम्बोधन मार्फत वेष्ट ब्याङ्कको जोर्डन उपत्यका र उत्तरी मृत सागर (डेड सी) लाई इराजयली सर्वभौमिकतामा ल्याउने योजना सार्वजनिक गरेका थिए । आउँदो हप्ता हुने चुनावपछि पुनः आफू सत्तामा आए जोर्डन उपत्यका र उत्तरी मृत सागरलाई इजरायलमा गाभ्ने दाबी गरेका हुन् ।

जोर्डन, टर्की र साउदी अरेबियाका अधिकारीले नेतन्याहुको घोषणाको कडा आलोचना गरेका छन् । अरब लिगले नेतन्याहुको घोषण खतरनाक रहेको र यो अतिक्रमणको हद रहेको बताएको छ । प्यालेस्टाइनी कूटनीतिज्ञ साइब एरिकातले यस्तो कार्य युद्ध अपराध रहेको र यसले शान्ति स्थापनाको सम्भावनाको हत्या गर्ने बताएका छन् ।

सन् १९६७ देखि वेष्ट ब्याङ्क इजरायको नियन्त्रणमा छ । तर उसले त्यहाँ राज्य हरण भने गरेको छैन अहिलेसम्म । प्यालेस्टाइनले वेष्ट ब्याङ्कको सम्पूर्ण क्षेत्रमा आफ्नो दाबी गर्दै आएको छ । यो क्षेत्रलाई लिएर इजरायल र प्यालेस्टाइनबिच तनावको अवस्था छ ।

Leave A Reply

Your email address will not be published.