विप्लवका छोरा प्रकाश चन्द पक्राउ

0

काठमाण्डौं – सरकारद्वारा प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाश चन्दलाई प्रहरीले पक्राउ गरेको छ । चितवन मेडिकल कलेजबाट प्रहरीले प्रकाशसहित १७ जनालाई पक्राउ गरेको हो ।

चितवन मेडिकल कलेजमा आन्दोलन गरिरहेका बेला प्रकाशसहितका १७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अस्पतालको सेवा प्रवाहमा अवरोध खडा गर्न खोजेपछि उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.