राष्ट्रपति ओबामा सैन्य अधिकारीबीच छलफल

0

वासिङटन, २२ असार । अमेरिकी राष्ट्रपति बाराक ओबामाले सैन्य गतिविधि अद्यावधिक गर्नकालागि पेन्टागनको भ्रमण गरी सैन्य अधिकारीहरूसँग छलफल गर्नुभएको छ । राष्ट्रपति ओबामाको ‘दुर्लभ’ भ्रमणमा अमेरिकाले मुस्लिम राज्यविरुद्ध चलाएको अभियानको बारेमा जानकारी लिनुभएको बताइएको छ । अमेरिकी राष्ट्रपति ओबामाको यो सैनिक अधिकारीसँगको भेट सिरियामा भएको साताव्यापी अमेरिकी नेतृत्वको फौजले गरेको हवाई आक्रमणपछि भएको हो ।
उक्त अवसरमा राष्टपति ओबामाले भन्नुभयो, ‘अमेरिका आफ्नो सैन्यदस्ता इराक वा सिरियामा मुस्लिम समुदायमाथि परिचालित गर्न नचाहेको बताउनुभयो ।’ इराकी दस्तालाई स्थल कारबाहीका लागि दिइने तालिममा केही रणनैतिक कमीकमजोरीहरू भएको पनि उहाँले उक्त अवसरमा बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.