हत्या आरोपित ज्वाइँससुरा पक्राउ

0

भक्तपुर, २२ असार । सासूससुरा र लोग्ने मिलेर बुहारीको हत्या गरेको आरोपमा महानगरीय प्रहरी परिषर भक्तपुरले ज्वाइँससुरालाई आज पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । चाँगुनारायण नगरपालिका वडा नं ५ झौखेलकी सविता काफ्ले न्यौपानेको गत जेठ ३२ गते परिवारका सदस्यले हत्या गरेको आरोपमा माइती पक्षले किटानी जाहेरी घरका पाँच जनाविरुद्ध किटानी जाहेरी दिएको थियो ।
घटनालगत्तै प्रहरीले सविताका लोग्ने सुरेश न्यौपानेलाई प्रहरीले पक्राउ गरेको थियो । मृतक सविताको किरिया सकिएपछि ससुरा शिव र ज्वाइँ रञ्जित खतिवडालाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाइएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रवक्ता श्याम ज्ञवालीले जानकारी दिनुभयो ।
किटानी जोहरी दिइएकामध्ये सासू माइलीलाई सविताको २८ महिनाको छोरा रेखदेख गर्ने मानिस नभएपछि अदालतमा हाजिर गराउने गरी निगरानीमा घरमै राखिएको र मृतककी माइती बस्दै आएकी आमाजू सङ्गीता खतिवडा भने फरार रहेकाले खोजी भइरहेको प्रहरीको भनाइ छ । घटना भएपछि यही असार १ गते स्थानीय महिलावादी सङ्घसंस्था, छिमेकी र काभ्रेपलाञ्चोक बनेपा नगरपालिका– ३ नयाँबस्तीको माइती पक्षले महानगरीय प्रहरी परिषर भक्तपुरमा सविताको हत्या गरिएको भन्दै किटानी जाहेरी दिएको थियो । न्यौपाने परिवारले भने सविताको हत्या नभएको र आफूखुसी विष सेवनबाट मृत्यु भएको जिकिर गरेको छ ।

Leave A Reply

Your email address will not be published.