रुकुममा चट्याङ लागेर १ जनाको मृत्यु, दुई घाईते

0

रुकुम पश्चिम – रुकुम पश्चिममा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

जिल्लाको मुसिकोट नगरपालिका १३ डाँडा सिवाङ्ग माल्धुलाका स्थानीयको गोठमा चट्याङ आउँदा ३६ वर्षीय केशरबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

चट्याङबाट घाईते हुनेहरुमा रुकुम पश्चिम मुसिकोट नगरपालिका १३ का नैनसिंह खत्री र आसिराम रोका रहेका छन् ।

घाईतेहरुलाई उपचारको लागि अस्पताल ल्याईदै गरेको उनले बताए ।

Leave A Reply

Your email address will not be published.