पूर्वसांसद घिसिङ पक्राउ

0

काठमाण्डौं – एक युवतीमाथि यौन हिंसा गरेको अभियोगमा पूर्वसांसद योगेन्द्र घिसिङ पक्राउ परेका छन् ।

भैसेपाटी–रत्नपार्क चल्ने सार्वजनिक बसमा एक युवतीमाथि यौन हिंसा गरेको अभियोगमा तत्कालीन सांसद घिसिङलाई पक्राउ गरिएको ललितपुर प्रहरीका एसपी दुर्गा सिंहले जानकारी दिए ।

घिसिङ २०७० सालमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट समानुपातिक तर्फ सभासद बनेका थिए। संविधान निर्माणलगत्तै उनले पार्टी छोडेको घोषणा गरेका थिए ।

घिसिङले सार्वजनिक सवारीमा महिलामाथि यौन हिंसा गरेको किटानी जाहेरी परेपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

ललितपुर संखु घर भएका घिसिङलाई कस्तो मुद्धा चलाउने भन्ने बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.