एनआरएनए नेदरल्यान्डमा सर्बसम्मत नेत्रित्व सहित् अधिबेशन सम्पन्न

0

 

द्रोण रिजाल , नेदरल्यान्ड्स |

 गैर आवासीय नेपाली संघ नेदरल्यान्ड्सको आगामी बर्ष २०१९-२१ कार्यकालका लागि नयाँ कार्यसमिति छनौट संगै आठौ अधिबेशन सम्पन्न भएको छ | नेदरल्यान्ड्समा रहेका विभिन्न राजनीतिक संगठन ,सामाजिक संघसंथाहरुको सहयोग र समर्थनमा  प्रतिनिधित्व रहने गरि गरिएको समाबेशी कार्यसमिति सर्बसम्मतले चयन गरेको हो | समितिमा रहेका सम्पूर्ण सदस्यहरुको अथक प्रयास र सामाजिक तथा राजनीतिक अभियन्ताको  सहयोगबाट सर्बसम्मत नयाँ कार्यसमिति छनौट सम्भब भएको समन्वय समितिका संयोजक श्री शशी पौडेलले जानकारी गराउनु भयो |   

 आगामी २०१९-२१ कार्यकालका लागि आइ सी सी सदस्य श्री ठाकुर प्रसाद शर्मा (मनोहरि), एन आर एन नेदरल्यान्ड्सको अध्यक्षमा श्री श्रीराम कडेल , बरिस्ठ उपाध्यक्ष श्री मिम पुर्जा , उपाध्यक्षहरुमा क्रमस: अच्युत कट्टेल ,हेम कुमार भुजेल , हिरामणि पराजुली(अशोक) हिरण्य ओझा , र कुश बजगाई रहेका छन | त्यसै गरि महिला उपाध्यक्षमा बर्षा खड्का , महासचिबमा संघर्ससिल के सी ,सचिबमा थमन बहादुर कार्की, कोषाध्यक्षमा खेम सापकोटा , सह-कोषाध्यक्षमा रेशम गुरुङ , युवा संयोजकमा अमिर गुरुङ र महिला संयोजकमा राधा देवी शर्मा कडेल रहनु भएको छ |   

   नर्थ होल्याण्डको संयोजकमा सिता सापकोटा , साउथ होल्याण्डको संयोजकमा राज कुमार श्रेष्ठ र लिम्बर्गको संयोजकमा खड्ग  रोक्का निर्वाचित हुनुभएको छ | त्यसै गरि सदस्यहरुमा मिडिया संयोजक रहनेगरी श्री द्रोण रिजाल ,प्रवक्ता मा शाबी पौडेल , चन्द्र कुवर ,दिपक ढकाल ,ध्रुब न्येपाने ,गणेश थापा राम चन्द्र पोख्रेल ,राम बुढाथोकी ,राजेन्द्र कडेल, शा बेनेलग्जका लागि नेपाली राजदुत श्री लोक बहादुर थापा को प्रमुख आतिथ्यमा भएको अधिबेशनमा एन आर एन केन्द्रीय उपाध्यक्ष श्री कुल आचार्य, श्री कुमार पन्त , केन्द्रीय सदस्य पर्वत गुरुङ ,केन्द्रीय सदस्य अर्जुन कुमार श्रेष्ठ लगायत विभिन्न संघसंथाका प्रतिनिथिको आतिथ्य रहेको थियो |   

प्रमुख अतिथि लगायत अतिथिहरुले पानसमा दियो बालि अधिबेशनको उद्घाटन गरेका थिए भने कार्यक्रम संचालन शान्ति थोकरले गर्नुभएको थियो |

Virusvrij. www.avast.com
Leave A Reply

Your email address will not be published.