विपक्षी नेता फर्किए तत्काल पक्राउ गर्ने कम्बोडियाका प्रधानमन्त्रीको चेतावनी

0

एएफपी \ कम्बोडिया – कम्बोडियाका प्रधानमन्त्री साम्डेच टेचो हुन सेनले विपक्षी नेता साम रैन्सी स्वदेश फर्किएमा २४ घण्टा भित्रमा पक्राउ गर्ने चेतावनी दिएका छन् ।

कम्बोडियोको प्रसिद्ध सञ्चारमाध्यम ‘फ्रेस न्युज’लाई दिएको विषेश अन्तर्वार्ताका क्रममा शुक्रबार उनले विपक्षी नेतालाई पक्राउ गर्ने बारेमा जानकारी दिएका हुन् ।

“यदि उहाँ नोभेम्बर ९ तारिखका दिन स्वदेश फर्किनु भयो भने उहाँलाई हतकडी लगाएर थुन्न लगिने छ,” प्रधानमन्त्री हुन सेनले भने ।

पूर्वराष्ट्रपतिसमेत रहेका ७० बर्षीय नेता रैन्सीलाई उनले स्वदेश फर्किन चुनौती पनि दिएका छन् ।

रैन्सीले नेतृत्व गरेको कम्बोडिया नेस्नल रेस्क्यु पार्टी (सिएनआरपी) लाई केही समय अगाडि अदालतले विघटन गरिदिएको थियो ।

अपराध सम्बन्धी मुद्दामा दोषी ठहर गरी कम्तीमा १६ बर्ष जेल सजायसमेत अदालतले फैसला गरेपछि उनी सन् २०१५ देखि फ्रान्समा निर्वासित जीवन बिताइरहेका छन् ।

Leave A Reply

Your email address will not be published.