रविलाई हिरासतमै भेटेका प्रहरी महानिरीक्षकलाई गृहमन्त्री र गृहसचिवकाे मौखिक स्पष्टीकरण

0

काठमाण्डौं – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पत्रकार शालिकराम पुडासैनी हत्या प्रकरणमा पक्राउ परेका रवि लामिछानेलाई हिरासतमा भेटेको विषयमा गृह मन्त्रालयले स्पष्टीकरण मागेको बताइएको छ ।

खनाललाई गृहमन्त्री रामबहादुर थापा र गृहसचिव प्रेमकुमार राईले मौखिक स्पष्टीकरण सोधेको बताइएको हो । आत्महत्या दुरुत्साहनको मुद्दामा अनुसन्धानमा रहेका व्यक्तिलाई हिरासतमा गएर किन भेट्नुभयो भनि प्रश्न गरेको कुरा बाहिर आएको हो । त्यसबारे गृह मन्त्रालयसँग पूर्वस्वीकृति नलिएको भनि प्रश्न गरिएको थियो ।

खनालले रवि भेटेको विषयमा प्रधानमन्त्री कार्यालयले गृह मन्त्रालयसमक्ष चासो राखेपछि उनलाई स्पष्टीकरण सोधिएको बताईन्छ । संगठनको आन्तरिक कामका लागि भन्दै चितवन पुगेका खनालले रविलाई हिरासतमै भेटेर सुरक्षाको चिन्ता नलिन आश्वासन दिएका थिए । अदालतमा पाँच लाख धरौटी बुझाएर लामिछाने केही दिनअघि रिहा भइसकेका छन् । २० साउनमा नारायणगढको एक होटलमा झुण्डिएर आत्महत्या गरेका पुडासैनीले आत्महत्याअघि मोबाइलमा रेकर्ड गरेको भिडियोमा लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीका कारण आफू मृत्युको बाटो रोज्न बाध्य भएको बताएका थिए ।

सोही भिडियोका आधारमा पक्राउ उनीहरु तीनैजनालाई पक्राउ गरी चितवन लगिएको थियो । चितवन जिल्ला अदालतले लामिछानेलाई ५ लाख, कँडेललाई ३ लाख धरौटीमा र कार्कीलाई बिना धरौटी रिहा गरेको हो ।

Leave A Reply

Your email address will not be published.