ट्वीटरका संस्थापक तथा प्रमुख कार्यकारीकै एकाउन्ट ह्याक

0

एजेन्सी – सामाजिक सञ्जाल ट्वीटरका संस्थापक मध्येका एक तथा प्रमुख कार्यकारीकै ट्वीटर एकाउन्ट ह्याक भएको खुलेको छ । ह्याकरले ट्वीटरका प्रमुख कार्यकारी ज्याक डोर्सीकै एकाउन्ट ह्याक गरेको खुलेको हो ।

चक्लिङ्ग स्क्वाडका रुपमा आफूलाई परिचित गराएको ह्याकरको समूहले डोर्सीको एकाउन्ट ह्याक गरेको हो । ४० लाख भन्दा बढी फलोअर्स रहेको डोर्सीको एकाउन्टबाट ह्याकरले निकै आपत्तिजनक तथा रंगभेदी ट्वीट गरेका थिए । ती ट्वीट १५ मिनेटसम्म रहेका थिए ।

ट्वीटरले पछि सो एकाउन्टमा आफ्नो नियन्त्रण कायम भएको र ह्याकरबाट छुटाउन सफल भएको बतायो । ट्वीटरले ट्वीट गरेको छ, ‘अहिले एकाउन्ट सुरक्षित छ, र ट्वीटरले कुनै पनि सुरक्षात्मक प्रणालीमा सम्झौता गर्ने छैन ।’

ह्याकरले कसरी डोर्सीको एकाउन्टसम्म पहुँच बनाए भन्ने अहिलेसम्म खुलेको छैन ।

Leave A Reply

Your email address will not be published.