यस्ताे आयो नेपाली कांग्रेसको बैठककाे निर्णय

0

काठमाण्डौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार केन्द्रीय कार्यालय ललितपुरको बीपी नगरमा बस्यो । बैठकको सभापतित्व सभापति शेरबहादुर देउवाले गरेका थिए ।

बैठकले स्थानीय तहबाट स्वीकृत भइआएका पार्टीका जनप्रतिनिधिहरुको राजीनामा स्वीकृत गर्नेदेखि सोबारे निर्वाचन आयोगलाई जानकारी गराउने निर्णय गरेको छ ।

त्यस्तै बैठकले प्रजातन्त्र सेनानी एवं निष्ठावान नेता चितवनका पूर्णकान्त पोखरेललगायतको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको कार्यालयका मुख्यसचिव कृष्णप्रुाद पोखरेलले एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् ।

निधनले पार्टीमा अपुरणीय क्षति पुगेको निचोड समेत निकालेको छ । सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति बैठकले समवेदना प्रकट गरेको छ । केन्द्रीय कार्यसमितिको अर्को बैठक अाउने अाइतबार दिउँसो १ बजे पुनः बस्ने विज्ञप्तिमा जनाएकाे छ ।

हेर्नुस् विज्ञप्तिकाे पूर्णपाठ:

प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा आज बस्यो ।

बैठकको निर्णय देहाय बमोजिम रहेको छ:

१. नेपाली कांग्रेस पार्टीका तर्फबाट स्थानीय तहको गत निर्वाचनमा सुनसरी जिल्ला इनरुवा नगरपालिका वडा नं. २ को वडा सदस्य पदमा उम्मेदवार भई निर्वा्चित हुनु भएका वडा सदस्य लक्ष्मी मेहताले नेपाली कांग्रेस पार्टीको साधारण सदस्य समेत नरहने गरी २०७६÷०३÷१७ गते राजीनामा दिएको र नेपाली कांग्रेस सुनसरी जिल्ला कार्यसमितिको २०७६÷०५÷०२ गतेको बैठकले उक्त राजीनामा स्वीकृत गरेको र निज लक्ष्मी मेहता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेको हुँदा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३१ तथा अन्य प्रचलित नेपाल कानून बमोजिम, निज लक्ष्मी मेहता निर्वा्चित भएको वडा सदस्य पद रिक्त गरिदिनका लागि निर्वाचन आयोग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा लेखी पठाउने निर्णय गरिन्छ ।

समवेदना

प्रजातन्त्र सेनानी एवं निष्ठावान नेता चितवनका पूर्णकान्त पोखरेलको श्रावण ३१ गते, बाराका पूर्व सभापति स्व. नासिरुद्दिन मन्सुरको धर्मपत्नी एवं बारा क्षेत्र नं. ३ का महासमिति सदस्य ६३ वर्षीया आविदा वेगमको भाद्र १३ गते, पाल्पाका महाधिवेशन प्रतिनिधि देवराज ढकालको ८४ वर्षीया ममतामयी माता एवं क्रियाशील सदस्य भीमकुमारी ढकालको भाद्र ९ गते, प्रतिनिधिसभाका सदस्य कर्मा घलेको ८२ वर्षीया माता यान्खु घले, सुर्खेत वीरेन्द्रनगर न.पा. वडा नं. १ का क्षेत्रीय प्रतिनिधि ५६ वर्षीय कृष्ण कोइरालाको भाद्र ६ गते र सुर्खेत बजेडीचौर पानीखोला निवासी पार्टीका क्रियाशील सदस्य एवं गाउँ कार्यसमितिका सल्लाहकार ७४ वर्षीय टोपबहादुर पौडेलको निधनप्रति कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दै उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।

नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उहाँहरुले पुर्याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै उहाँहरुको आत्माको चीर शान्तिको कामनाका साथ सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति यो बैठक समवेदना प्रकट गर्दछ ।

आजको बैठकमा केन्द्रीय सदस्यहरु – दिलबहादुर घर्ती, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, दिलेन्द्रप्रसाद बडू, एन.पी. साउँद, उमाकान्त चौधरी, डा. शेखर कोइराला, जीवनबहादुर शाही, मीन विश्वकर्मा, जीवन परियार, सीता गुरुङ, गोविन्द भट्टराई, गुरुराज घिमिरे, हृदयराम थानी, सरिता प्रसाई, बहादुरसिंह (लामा) तामाङ र अमृत अर्यालले आ–आफ्नो धारणा राख्नु भएको थियो । केन्द्रीय कार्यसमितिको अर्को बैठक २०७६ भाद्र १५ गते दिउँसो १ बजे पुनः बस्नेछ ।

भाद्र १३, २०७६
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
Leave A Reply

Your email address will not be published.