चिनको दवावमा राजपालाई उपेन्द्र यादवको पार्टीमा मिसाइने, बबरमहलमा बबण्डर

0

काठमाण्डौं – चीनको दवावमा तत्कालीन एमाले र माओवादी केन्द्रलाई पार्टी एकीकरण गरेको चर्चा सेलाउन नपाउँदै उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)लाई पार्टी एकीकरणको लागि दवाव दिएको खुलासा भएको छ ।

राजपा र समाजवादी पार्टीलाई पार्टी एकीकरण गर्न दवाव दिएको स्रोतले जनाएको छ । दुबै दलले पार्टी एकीकरणका लागि भनेर वार्ता समितिहरू बनाएका छन् । वार्ताका लागि परामर्शहरू भएपनि ठोस सहमति हुन सकेको छैन ।

उपेन्द्र यादवको दवावमा राजपालाई समाजवादी पार्टीमा समायोजन गर्ने गरेर तयारी भएको छ । चीन निकट मानिने उपेन्द्र यादवले राजपा नेपालको अध्यक्षमण्डका सदस्य शरतसिंह भण्डारी र महासचिव केशव झामार्फत राजपालाई आफ्नो पार्टीमा मिसाउन खोजेको स्रोतले जनाएको छ ।

चीन निकट मानिने राजीव झामार्फत शरतसिंह भण्डारी र महासचिव केशव झाले राजपाभित्र भाँडभैलो मच्चाएर उपेन्द्र यादवको पार्टीमा राजपा नेपाललाई मिसाउन खोजेको भनेर आलोचना भएको छ । गत शुक्रबार ललितपुरको हात्तिबनस्थित उपेन्द्र यादवको निवासमा बा १४ च २९८० नम्बरको हुण्डाइ गाडीमा आएका चीन निकट मानिने व्यक्तिहरूले पार्टी एकता गर्न दवाव दिएको स्रोतले जनाएको छ ।

सोही बेला राजपाका नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरतसिंह भण्डारीसहितका नेताहरू उपेन्द्र यादवसँग कुराकानी गर्दै थिए । चिनियाँ प्रतिनिधिहरूलाई देखेपछि महन्थ ठाकुर ‘मेरो दाँत दुख्यो’ भनेर उपेन्द्र यादवको घरबाट निस्किएका थिए ।

राजपालाई चीनको दवावमा मिसाउन खोजेपछि राजकिशोर यादव र अनिलकुमार झाले कसैको दवावमा पार्टीलाई उपेन्द्र यादवको दलमा मिसाउन नसकिने भनेर अडान राख्दै आएका छन् । तर, शरतसिंह भण्डारी, महेन्द्र राय यादव र राजेन्द्र महतो उपेन्द्र यादवसँग मिलेर जाने पक्षमा देखिएको स्रोतले जनाएको छ । महन्थ ठाकुर यस विषयमा केही बोलेका छैनन् ।

महत्वपूर्ण एजेण्डामा समाजवादी पार्टीको पदाधिकारी बैठक जारी, उपेन्द्रलाई तत्काल सरकार छोड्नुपर्ने दबाब

काठमाडौंका बालकुमारीस्थित समाजवादी पार्टी कार्यालयमा पदाधिकारी बैठक बुधबारदेखि सुरु भएको छ । महत्वपूर्ण एजेण्डामा पदाधिकारी बैठक केन्द्रित छ । बैठकमा तत्कालीन नयाँ शक्ति पार्टीसँग भएको एकतापछिको पार्टी समायोजन, संगठन निर्माण, कार्यविभाजन, राजपा नेपालसँगको एकीकरण, महाधिवेशन लगायतको विषयमा छलफल भइरहेको बुझिएको छ ।

तर, पार्टीभत्र तत्काल सरकार छोड्नुपर्ने दबाब सिर्जना भएको छ । यो विषय पनि पदाधिकारी बैठकमा जोडदार रुपमा उठाईएको छ । संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले सुरुदेखि नै सरकारबाट पार्टी बाहिरिनुपर्ने अडान लिँदै आएका छन् । तर, केन्द्रिय अध्यक्ष उपेन्द्र यादव भने तत्काल सरकार छोड्ने पक्षमा छैनन् । संविधान संशोधनको लागि अझै केही समय पर्खनुपर्ने यादवको अडान छ ।

नयाँ शक्तिसँग एकीकरण गरेपछि प्रदेश, जिल्ला, जनवर्गीय संगठनहरुको समायोजन तथा कार्यविभाजन भइरहेको छ । त्यसैको बारेमा छलफल गर्न बैठक बोलाएको हो । प्रदेश १ र ३ मा सहमति हुन सकेको छैन । त्यसको बारेमा पनि छलफल हुने बताइएको छ । साथै राजपा नेपालसँग एकीकरणको बारेमा भइरहेको छलफलको विषयमा पनि कुराकानी हुने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.